इजरायल-हमास युद्दमा हालसम्म ११ सय बढीको मृत्यु

सोमबार, असोज २२, २०८०

काठमाडौं । आतङ्ककारी सङ्गठन हमास र इजरायलबीचको युद्धमा हालसम्म ११ सय बढीको ज्यान गएको छ। 

इजरायल आक्रमणमा हालसम्म सात सय बढी इजरेलीले ज्यान गुमाएका छन् । भने हालसम्म ४१३ भन्दा बढी प्यालेस्टिनी मारिएका छन् । 

हमास र इजरायलबीचको युद्ध जारी नै छ । इजरायलले गाजामा हवाई आक्रमण जारी राखेको छ । 

इजरायलमा नेपालका १० विद्यार्थीको मृत्यु भएको छ । कतिपयलाई अहिले सम्पर्क गर्न सकिरहेका छैनन् । परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहनेका लागि प्रक्रिया थालेको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायलमा धेरै अमेरिकीहरू पनि मारिएका छन्। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले आफ्ना धेरै नागरिक बेपत्ता भएको बताएका छन्। 

हमासले धेरै विदेशीहरूलाई पनि आफ्नो नियन्त्रणमा लिएको छ । थाइल्याण्डका प्रधानमन्त्रीले आफ्ना ११ जना नागरिक हमासको कब्जामा रहेको बताएका छन् । दुई नागरिकको मृत्यु भएको छ । 

इजरायली रक्षा बलले हमासले महिला र बालबालिकासहित करिब कयौ इजरेली नागरिकलाई बन्धक बनाएको जनाएको छ । उनीहरूलाई गाजातर्फ लगिएको छ ।

टाइम्स अफ इजरायलका अनुसार हमासले इजरायलको सिमानामा रहेको क्षेत्र किबुट्जमा शुक्रबार रेभ पार्टीमा सहभागी हजारौँ मानिसहरूलाई आक्रमण गरेको छ। साथै दर्जनौँ मानिसलाई बन्धक बनाएको छ। जो अझै पनि कैदमा छन् ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०९:११
प्रतिक्रिया दिनुहोस्