इजरायलबाट नेपाली फिर्ता ल्याउन सरकारले थाल्यो प्रक्रिया

सोमबार, असोज २२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल सरकारले इजरायलबाट स्वदेश  फर्किन चाहने नेपालीका लागि परराष्ट्र मन्त्रालयले प्रक्रिया थालेको छ । 

प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपालीले ज्यान गुमाएपछि परराष्ट्र मन्त्रालयले पहल थालेको हो । मन्त्रालयले  नेपाली राजदूतावास र इजरेल सरकारको समन्वयमा अनलाइन विवरण सङ्कलनको तयारी थालेको छ । 

मन्त्रालयले   विज्ञप्ति जारी गरि तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको सम्पर्क विवरणहरू उपलब्ध गराइएकोले उनीहरू मार्फत आवश्यक जानकारी लिन र सम्पर्कमा रहन अनुरोध गरेको छ । 

इजरायलमा एक नेपालीको अवस्था अझै अज्ञात छ  भने  मृतक १० जनाको शव ल्याउन छलफल भइरहेको छ । घाइते छ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्