इजरायलमा केही नेपाली सम्पर्कविहीन, केही हताहत भएको हुन सक्ने: परराष्ट्रमन्त्री

आइतबार, असोज २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । इजरायलमा प्यालेस्टिटानी लडाकु समूह हमासको आक्रमणमा केही नेपाली विद्यार्थी सम्पर्कविहीन बनेको परराष्ट्रमन्त्री एनपी साउदले आज प्रतिनिधि सभालाई जानकारी दिएका छन् ।

हमासको आक्रमणबाट इजरायलमा केही नेपाली  हताहत भएको हुनसक्ने नेपाल सरकारले जानकारी दिएको छ । ३ जन घाइते र १२ जना  नेपाली विद्यार्थी सम्पर्कविहीन बनेको सरकारले बताएको छ।

इजरायलमा केयर गिभर कामदारको रुपमा ४ हजार ५ सय नेपाली रहेको र २६५ जना विद्यार्थीहरु रहेको जानकारी गराए ।  कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभूवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी अध्ययनका क्रममा इजरायलमा रहेको मन्त्री साउदले बताए ।

नेपाली दूताबासका अनुसार गाजा क्षेत्र नजिक रहेको त्यो क्षेत्रमा हमास समूहबाट आक्रमण भएको छ । मन्त्री साउदका अनुसार १७ जना नेपालीमध्ये २ जना सकुशल छन् भने तीन जनाको स्थानीय अस्पतामा उपचार भइरहेको छ। १२ जना सम्पर्कविहीन छन् ।

अहिले हमासले विभिन्न देशका मानिसहरुलाई बन्धक बनाएको छ। इजरायल र प्यालेस्टाइनतर्फ गरि ६०० बढीको मृत्यु भएको बताइएको छ।

 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्