अफगानिस्तान भूकम्पमा हालसम्म १ हजार बढीको मृत्यु

आइतबार, असोज २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । गए राति अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि हालसम्म १ हजार बढीको मृत्यु भएको छ। 

गए राति अफगानिस्तानको पश्चिमी सहर हेरातबाट ४० किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर गएको ६.३ रेक्टरको शक्तिशाली भूकम्पबाट हालसम्म १ हजार बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । भूकम्पबाट हजारौं मानिसहरु घाइते भएका छन् , जसमा बालबालिका र महिलाहरु धेरै रहेको बताइएको छ। 

भूकम्पबाट कैयौं मानिसहरू भत्किएका घरमा च्यापिएका छन् भने उनीहरूको उद्धारको प्रयास भइरहेको बताइएको छ। भूकम्पबाट ६ वटा गाउँका घरहरु पूर्ण रुपमा भत्किएका छन् ।

उद्दार कार्य जारी रहेको त्यहाको गृह मन्त्रालयले जनाएको छ।

 

 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्