विश्वकप क्रिकेटमा आज भारत र अष्ट्रेलिया भिड्दै

आइतबार, असोज २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ ।  भारतमा जारी  एक दिवसीय विश्वकप   क्रिकेटमा आज एक नम्बर वरियतामा रहेको भारत र तेस्रो वरियतामा रहेको अष्ट्रेलिया खेल्दैछन् । दुवै टिमले आज आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । विश्वकपका उपाधि दावेदारहरुबीचको खेल चेन्नईको एम चिदम्बरम क्रिकेट मैदानमा दिउँसो २ः१५ बजेदेखि शुरु हुनेछ । 

खेलअघि भारत केही तनावमा देखिएको छ । ओपनर ब्याट्सम्यान शुबमन गिललाई तीन दिन पहिले डेंगी देखिएपछि टिम समस्यामा परेको हो।

मुख्य प्रशिक्षक राहुल द्रविड र कप्तान रोहित शर्माले गिललाई तत्काल नहटाइ उनको स्थानमा ईशान किशनलाई मौका दिनेबारेमा सल्लाह गरेका छन् । 

हेड टु हेड

भारत अहिले एक दिवसीय वरीयताको शीर्ष स्थानमा छ । अष्ट्रेलिया तेस्रो स्थानमा छ । एसिया कप जितेपछि भारतले अष्ट्रेलियालाई घरेलु मैदानमा २–१ ले हराएको थियो । भारत बलियो नै देखिएको छ । 

तर प्याट कमिन्सको कप्तानीको अष्ट्रेलिया विश्वकपमा सम्हालिने अपेक्षा गरिएको छ । भारत आउनुअघि दक्षिण अफ्रिकासँग श्रृंखला गुमाएकाले अष्ट्रेलिया चिन्तामा थियो । 

अहिलेसम्म दुवैले आपसमा १४९ एक दिवसीय खेलेका छन् । जसमा अष्ट्रेलिया ८३ तथा भारत ५६ खेलमा विजयी भएको छ । १० खेल नतिजाविहीन रह्यो । 

विश्वकपमा पनि यी दुईले १२ खेल खेलेका छन् । जसमा ८ मा अष्ट्रेलिया विजयी भएको छ भने भारतले ४ खेलमात्र जितेको छ । 

सन् २०१९ को विश्वकपमा भने भारतले हराएको थियो । 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्