इजरायल-हमास लडाइँमा हालसम्म कम्तीमा ५ सय बढीको मृत्यु, २ हजार बढी घाइते

आइतबार, असोज २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं  । प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेपछि हमासविरुद्द इजरायल धावा बोलेको छ। दुबैतर्फको लडाइँमा हालसम्म कम्तीमा ५ सय बढीको ज्यान गएको बताइएको छ। हमलामा २ हजार बढी घाइते भएका छन् ।

अहिलेसम्म ५ हजार रकेट प्रहार गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यम एन्डिटिभीले जनाएको छ। लडाइँमा इजरायलमा ३ सय जना र प्यालेस्टाइनको गाँजामा २३२ जनाको ज्यान गएको बताइएको छ।

मध्यपूर्वका केही विश्लेषकहरू भन्छन् कि हमासले इजरेललाई पहिले कहिल्यै यस्तो ठूलो पीडा दिएको थिएन। आफैंमाथिको यो हमलापछि इजरेली सेनाले प्यालेस्टाइन, गाजा र आसपासका क्षेत्रमा रहेका हमाश समुह माथि आक्रमण गरिरहेको छ ।

अबेर राति, फेरि हमासले फेरि इजरायलमा १५० रकेटहरू प्रहार गर्‍यो, जसमध्ये धेरैलाई आइरन डोम रक्षा प्रणालीले नष्ट गरेको थियो।

इजरायलका सुरक्षा बलका शीर्ष प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले गाँजा पट्टीमा हमास आतंकवादी समूहले इजरेलीहरूलाई बन्धक बनाएर राखेको पुष्टि गरेका छन्।

हागारी भन्छन् कि दक्षिणी इजरेलमा २२ स्थानहरूमा अझै पनि लडाई जारी छ, जसमा हाम्रो उद्देश्य बेरी र ओफकिममा बन्धकहरूलाई मुक्त गर्ने हो।

उनी भन्छन् कि इजरेली सैनिकहरू गाँजा सीमाका सबै शहरहरूमा पुगेका छन् र त्यहाँ उपस्थित सबै व्यक्तिको स्क्यान गरिरहेका छन्। हागारीले गाँजा सिमानामा चारवटा डिभिजन तैनाथ गरिएको र त्यहाँ पहिले नै रहेको ३१ वटा बटालियनमा सामेल भइरहेको बताए । इजरेलले हमासलाई पूर्ण रूपमा ध्वस्त पार्ने बताएको छ । उनका अनुसार हमासले यस युद्धको ठूलो मूल्य चुकाउनु पर्ने छ।

उता, हमास समुहले इजरेलमा आक्रमण गरेपछि इजरेलले आफ्नो राज्य सञ्चालित बिजुली कम्पनीलाई शनिबार गाजा पट्टीमा आपूर्ति रोक्न आदेश दिएको ऊर्जा मन्त्रीले बताए।

इजरायलमा रहेका नेपालीहरु काम गर्ने स्थलमा हमला हुँदा ९ जना नेपालीहरु घाइते भएका छन्। त्यसमा २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। त्यहा हमासले इजरायलमा गरेको गरेको ५० वर्षपछि सर्प्रपाइज आक्रमण रहेको बताइएको छ।

 

 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ०९:४२
प्रतिक्रिया दिनुहोस्