तुइन चुडिँदा कर्णालीमा एक जना बेपत्ता

आइतबार, असोज २१, २०८०
Neuro hospital Nepalgunj

हुम्ला । कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् ।

हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिका-२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा  ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । 

उनी मुगु जिल्ला सोरु गाउँपालिका-५ नेरगाउँका रहेको बताइएको छ । 

कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा शनिबार ल्याप्चेमा रहेको (खडीखेत) घाटमा तुइनबाट खसेर बेपत्ता भएको थिए । 

कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रमा विभिन्न १८ निर्माण समूहले काम गर्दै आएका थिए ।

 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ०९:२३
प्रतिक्रिया दिनुहोस्