एसियन गेम्समा एरिकाले जितिन रजत पदक, 'यो पदक देशका लागि समर्पण':एरिका

शनिबार, असोज २०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदको कराँतेमा नेपालकी एरिया गुरुङले रजत पदक हात पारेकी छिन् ।

६८ केजी तौल समूहको   फाइनलमा गुरुङ काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३-० ले पराजित भएपछि उनले नेपालका लागि पहिलो रजत पदक दिलाएकी छिन् ।

एरिकाले हाङझाउमा जारी खेलकुदको सेमिफाइनलमा हङकङकी हो काइ यानलाई ८-४ अंकले पराजित गरिन्। त्यस्तै  क्वार्टरफाइनलमा जापानकी खेलाडीलाई पराजित गरेकी हुन् ।

देशका लागि पहिलो ठुलो रजत पदक हात पारेपछि एरिकाले आफुले जितेको  पदक देशका लागि समर्पण गर्न चाहेको बताएकी छिन् । निकै मेहनतका साथ फाइनलमा पुगेर आफुले सकेको खेल्दा पनि पराजित हुनु परेको बताइन् । 

उनी नेपालका लागि एसियायी खेलकुदमा रजत पदक जित्ने दोश्रो खेलाडी बनेकी छिन्  । यसअघि संगीना वैधले रजत जितेकी थिइन।

यसअघि कबडडीमा नेपाली महिला टोलीले कास्य पदक जितेको नेपाल अब एक रजत र एक कास्य पदक ल्याएर पदकविहीन बन्नबाट सफल भएको छ।

 

 

 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्