सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई पक्राउ गरेको छ।
शिक्षक छनोट प्रक्रियामा सेवाग्राहीसँग घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
कागेश्वरी मनहरा १ गागलफेदीस्थित सिद्धिगणेश माविका प्रधानाध्यापक बुद्धिविलास रिजाल र व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापाले सेवाग्राहीसँग १६ हजार घुस लिँदै गर्दा गागलफेदी बसपार्कबाट उनीहरु अख्तियारको टोलीको नियन्त्रणमा परेका हुन् ।
अख्तियारले पक्राउ गरेका दुबै जनासँग थप अनुसन्धान गरिरहेको जनाएको छ।