सल्यानमा बस दुर्घटना, २ जनाको मृत्यु

शनिबार, असोज २०, २०८०
Neuro hospital Nepalgunj

सल्यान । तुलसीपुरबाट २९ यात्रु बोकेर  सल्यान जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको  छ ।दुर्घटनामा १४ जना घाइते भएका छन् ।

सल्यान प्रहरीका अनुसार दाङको तुलसीपुरबाट सल्यानको जयचौर जाँदै  गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका-३ मुलपानी नजिकै भएको दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा तुलसीपुर- ६ की सुमित्रा सुनार र सल्यान त्रिवेणी गाउँपालिका-६ की अनिता बोहरा हुन् ।  दुर्घटनामा घाइते भएकाहरु मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरुलाई थप उपचारका लागि तुलसीपुर पठाइएको सल्यान प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्