रिगलको सनसनीपूर्ण खुलासा-'भारतीले मसंग ५० लाख मागेकी थिइन्'

शनिबार, असोज २०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । कैद मिनाह भएर जेलबाट रिहा भएका नेपालगञ्जका योगराज ढकाल ( रिगल) ले सनसनीपूर्ण खुलासा गरेका छन् । रिगलले आफू दाङ कारागारमा रहेको बेला नेपालगञ्जमा हत्या भएका चेतन मानन्धरकी श्रीमती भारती शेर्पा आफूलाई कारागारमा भेट्न् आएको खुलासा गरेका हुन् ।

एक मिडियासँग कुरा गर्दै रिगलले भारती आफूलाई कारागारमै भेट्न आएर दाई तपाइँले मेरो पतिको हत्या गर्नुभएको रहेनछ भनेर आफूलाई भनेको खुलासा गरेका हुन् ।

आफूसँगको भेटमा चेतनको इच्छा आफ्नो छोरालाई इन्जिनियर बनाउने भएको हुँदा तपाइँले उनको धोको पूरा गरिदिनुहोला भनेपछि म अहिले जे-जस्तो अवस्था भएर कारागार आएको भएपनि सक्दो सहयोग गरौंला भनेर जवाफ दिएको रिगलले बताएका छन् । रिगलले भनेका छन्, "मैले पहिला बच्चालाई कक्षा १० सम्म पढाउँदै गर, त्यसपछि म कैद भुक्तान गरेर फर्केपछि उच्च शिक्षाका लागि सहयोग गरौंला भनेको थिएँ, उनी कुराकानी भएपछि राम्रो मनले कारागारबाट निस्केकी हुन् ।" 

केही दिनपछि फेरि भारतीले सासु-ससुराले आफ्नो बच्चा खोसेर राखिदिएको भन्दै आफूसंग सहयोग मागेर फोन गरेको पनि रिगलले बताएका छन् । "त्यसपछि मैले त्यो तिम्रो घर-परिवारको कुरा हो, तिम्रो बच्चालाई किन खोसियो भनेर तिम्रो सासू-ससुरालाई भन्नू भन्दा तिमीहरु नै मिलेर बस्नुपर्छ भनेर मैले सम्झाएको हुँ," रिगलले अन्तर्वार्ताको क्रममा भनेका छन् ।

रिगलले अगाडि भनेका छन्, "त्यसको करिब एक हप्तापछि भारतीले एक्कासी मलाई फोन गर्दै दाई अब मेरो बच्चा म आफैं पाल्छु, उसलाई म आफैं पढाउछु भन्दै मसँग ५० लाख रुपैयाँको मागेकी थिइन् ।" भारतीले ५० लाख रुपैयाँ मागेपछि आफू निर्दोष हुँदाहुँदै कारागार बसिरहेको अवस्थामा सहयोग गर्न नसक्ने जबाफ दिएको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, 
"कारागारमा रहँदा आफूसँग पैसा नभएको बरु बहिनी तिम्रो छोरा मेरै आफन्तको स्कूलमै पढाइदिन्छु भनें, आफन्तको स्कुलमा  पढाउन सहयोग समेत गरेको हुँ ।" अप्ठ्यारो पर्दा ५/१० हजार रुपैयाँ घरमा भनेर सहयोग गरौंला तर यत्रो ५०/५० लाख रुपैयाँ आफूले दिन सक्दैन भनेपछि भारती आफूबाट टाढिएको रिगलले भनेका छन् ।

"त्यसपछि त्यो बहिनी कसैको मोटिभेटबाट या के गर्यो कसो गर्यो थाहा भएन वा अन्त बिहे गर्यो थाहा भएन, तर म जेलमुक्त भएपछि एक्कासी त्यो बहिनीलाई कसैले उचालेर म विरुद्ध बोल्न लगाइएको छ", रिगलले भनेका छन् ।

माथिको भिडियो अन्तर्वार्ता सूत्र टिभीबाट लिइएको हो । 

 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्