३ महिनाको अवधिमा दुर्घटनाबाट देशभरमा ५८१ जनाको मृत्यु

शुक्रबार, असार २२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल प्रहरीको तथ्यांक अनुसार देशभर सवारी दुर्घटनाको अवस्था धेरै कहालीलाग्दो देखिएको छ।

आज प्रहरीले सार्वजनिक गरेको ३ महिने विवरणअनुसार  सवारी दुर्घटनाबाट ५८१ जनाको मृत्यु भएको छ। यो गत ३ महिनाको विवरण हो।

गत चैत्र १५ देखि असार १५ सम्ममात्रै ६ हजार ४२० वटा सवारीसाधन दुर्घटना भएको प्रहरीले  रेकर्डले देखाएको छ।  

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ३ महिनाको अवधिमा सवारी दुर्घटनामा  मात्रै ५८१  जनाको मृत्यु भएको छ भने १६२७ जना गम्भीर घाइते भएका छन् ।   ६७२१ जना दुर्घटनाबाट सामान्य घाइते भएका छन् ।

३ महिनाको अवधिमा ट्राफिक नियमविरुद्ध चलेका ७ लाख ३६ हजार ४७० सवारीसाधनलाई  ट्राफिक प्रहरीले कारबाही गरेको छ।

सो अवधिमा मात्रै ट्राफिक प्रहरीले कारबाहीमा परेका सवारीसाधनबाट  ५६ करोड ४६ लाख ५४ हजार २ सय रूपैयाँ राजस्व संकलन गरेको छ।

प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतका अनुसार गत वर्ष भन्दा यो वर्षमा दुर्घटनाबाट मृत्यु हुनेको संख्या पनि बढेको र ३  महिनाको अवधिमा ठुला-ठुला सवारी दुर्घटना हुँदा मृतकको संख्या बढेको हो।

 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्