अवैध सुन-चाँदीका गहनासहित नवलपरासीबाट एक जना पक्राउ

शुक्रबार, असोज १९, २०८०
Neuro hospital Nepalgunj

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीबाट नेपाल प्रहरीको टोलीले अवैध सुन र चाँदीका गहनासहिद एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी नवलपरासीका अनुसार इलाका प्रहरी बेलटारीबाट गएको प्रहरीको टोलीले सुस्ता गाउँपालिका-३ का ३६ वर्षीय सन्दीप सुनारलाई ४३ ग्राम ९३० मिलिग्राम सुन र १४२४ ग्राम ९०० मिलिग्राम चाँदीसहित बिहीवार साँझ  पक्राउ गरेको हो।

मोटरसाइकलमा आएका सुनारलाई चेकजाँचका क्रममा प्रतापपुर गाउँपालिका-७ पर्साबाट उक्त गरगहनासहित पक्राउ गरेको नवलपरासी प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका सुनार र बरामद गरिएको २ लाख ४४ हजार रुपैयाँको सुन र ८० हजार रुपैयाँ बराबरको चाँदीलाई आबश्यक कारबाहीका लागि आज राजस्व अनुसन्धान कार्यालयमा पठाइएको नवलपरासी प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्