'नयाँ पुस्ता र प्रविधिलाई एकै साथ अगाडि बढाउने मेरो लक्ष्य हो': गंगाधर गौतम

शुक्रबार, असोज १९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । विश्वभरि छरिएर रहेका प्रवासी नेपालीहरुको संगठन गैर आवासीय नेपाली संघ (एआरएनए ) को ११ औं महाधिवेशन यही अक्टोबर १७ देखि २० सम्म हुँदैछ।

लामो समयदेखि प्रवासी नेपालीहरुको हकहितमा कार्य गर्दै आएका एनआरएनएका बर्तमान सचिव गंगाधर गौतमले गैर आवासीय नेपाली संघलाई पूर्ण रूपमा एकीकृत गर्दै आम नेपालीहरुको संस्था निर्माण गर्दै संघ भित्र लोकतान्त्रिक बिधि पद्धति र अनुसासन कायम गर्दै आर्थिक पारर्दशिता, संस्थागत शुद्धिकरण , सुदृढीकरणका साथै  महिला, युवा र दोश्रो पुस्ताका नेपाली एवं श्रमिक मैत्री एनआरएनए निर्माणका लागी केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिदैछन्। 

संसारभरिका एनआरएनएलाई एक ढिक्का बनाएर लैजाने आफ्नो चाहना रहेको बताउँदै युरोपको बेल्जियममा बसोबास गर्दै आएका गंगाधरले हामी गैर आवासीय नेपाली आफ्नो स्वार्थको लागि नभई जन्मभूमीको हितका लागि एकजुट भएर एक पटकको नेपाली सधैंको नेपालीको नारालाई स्थापित गर्ने आफ्नो चाहना, उद्देश्य र संकल्प रहेको बताएका छन् ।

प्रवासी नेपालीको मुख्य पिडा गैर आवासीय नेपाली नागरिकता विधेयकलाई संसदबाट पारित गराउन गंगाधरले राजनीतिक रूपमा माहोल सिर्जना गर्न निकै ठूलो भूमिका खेलेको सबै एनआरएनएले बुझेका छन्।

प्रजातान्त्रवादी राजनीतिक पृष्ठभुमिबाट जन्मिएर विधार्थी राजनीति गर्दै वि.सं.२०५१ मा बाग्लुङ्गको धवलागिरि क्याम्पसमा स्ववियु सभापतिमा समेत निर्वाचित भएका गंगाधर २०५३ देखि २०५७ सम्म दुई-दुई पटक नेविसंघ बाग्लुङको अध्यक्ष बनेका थिए। उनै गंगाधर सन् २००६ मा  एनआरएनए  बेल्जियमको उपाध्यक्ष बन्दै २०१५-२०१७ का लागी बेल्जियमको एनआरएनए अध्यक्ष बन्दै हाल उनी एनआरएनएको केन्द्रीय सचिव समेत हुन् ।

उनले आगामी महाधिवेशनमा निर्वाचित भएर एनआरएका अधुरा कार्य पूरा गर्न संघलाई नयाँ ढंगबाट लजाइने बताउँदै उपाध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् ।

यस्ता छन् उनका एजेण्डा-

एक पटकको नेपाली सधैंको नेपाली भन्ने मूलमन्त्रलाई साकार पार्न संघले स्थापना कालदेखि उठाएको मुद्दा वंसजको आधारमा प्राप्त नागरिकताको निरन्तरताका लागी राजनैतिक दलहरु र सरकार संघ राजनैतिक सम्वाद मार्फत कार्यान्वय गर्ने ।

गैर आवासीय नेपाली संघलाई संस्थागत गर्दै संस्थामा नयाँ पुस्ता र प्रविधिलाई एकै साथ अगाडी बढाइने छ र प्रविधिमैत्री एनआरएनए बनाइने।

संघलाई महिला, युवा, दोस्रो पुस्ता र श्रमिक मैत्री बनाउँने अभियानमा सबैलाई जोड्ने, सहभागिताको सुनिश्चितता गर्ने, नेपाली कला संस्कृती, संस्कार र परम्परालाई आम नेपाली डायस्पोरामा व्यापकीकरण गर्ने ।

गैर आवासीय नेपाली संघको स्थापना कालदेखि हालसम्मका संघले सन्चालन गरेका सबै परियोजना र गतिविधिहरुको पारदर्शी रुपमा आर्थिक अडिटको सुरुवात गर्दै सचिबालय सन्चालन तथा कर्मचारी ब्यबस्थापन भएको अनावश्यक आर्थिक चलखेल र आर्थिक अनियमितलाई पारदर्शी रुपमा सार्बजनिक गर्ने अनावश्यक कर्मचारी कटौती गरिने।

राष्ट्रिय समन्वय परिषदहरुलाई थप स्वायत्त बनाउँदै  सदस्यता वितरण प्रकृयालाई थप वैज्ञानिक गरिने ।

समुन्नत नेपाल सम्मानित गैर आवासीय नेपाली बनाउन बिश्व नेपाली डायस्पोराका आम एनआरएनलाई यस् संस्थामा समाहित गरेर संस्थाको मोडल परिबर्तन गर्ने।

संघका नियमित मुद्दाहरु नेपालमा लगानी, डलर एकाउण्ट, नागरिकताको निरन्तरता लगायत मेघा प्राजेक्टहरुलाई निष्कर्षमा पुर्याउने ।

विश्वभर पंन्जिकृत सदस्यहरुको शुल्क नि:शुल्क बनाइने र अन्तर्राष्ट्रिय परिषद्को अध्यक्षको निर्वाचन पंन्जिकृत सदस्यहरुबाट गर्ने विधानमा संशोधन गरि आवश्यक प्रबन्ध गरिने। 

अत्यमा उपाध्यक्षका उम्मेदवार गंगाधर गौतमले संघको ११ औं केन्द्रीय महाधिवेशनलाई एकताको महाधिवेशनको रूपमा सम्पन्न गर्ने अठोटलाई निर्वाचनको सम्भाबित परिणामसँँग जोडेर  प्रधानमन्त्रीका सामु गरिएको लिखित प्रतिबद्धता बर्तमान मुल नेतृत्वद्वारा कार्यान्वयनमा ढिलासुस्ती र गैर जिम्मेवार अडान प्रस्तुत भएको हुँदा सम्पूर्ण प्रवासी नेपालीहरुको हकहितको लडाइँका लागि आफुलाई उपाध्यक्षमा निर्वाचित गराउन सबै एनआरएनए मतदाताहरुलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्