गण्डकी एमाले अध्यक्षमा नवराज शर्मा निर्वाचित

शुक्रबार, असोज १९, २०८०
Neuro hospital Nepalgunj

पोखरा । गण्डकी प्रदेश नेकपा एमालेको  अध्यक्षसहित पदाधिकारीमा नवराज शर्माको प्यानल निर्वाचित भएको छ ।

एमाले उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको साथरहेको शर्माको समूहले नेता खगराज अधिकारीको साथ पाएको मायानाथ अधिकारीलाई १६६ मतले पराजित गरेका हुन् ।

म्याग्दीका नवराज यसअघि पनि अध्यक्ष थिए ।निर्वाचित नवराजले कुल खसेको ८९६ मतमध्ये ५३१ प्राप्त गर्दा अधिकारीले ३६५ मत पाएको निर्वाचन समिति सदस्य अधिवक्ता विष्णु अधिकारीले जानकारी दिए । 

उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ विजयी भए । उनले ५३४ मत प्राप्त गर्दा उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३६२ मत प्राप्त गरे । 

सचिवमा लमजुङका धनञ्जय दवाडी निर्वाचित भए । उनले ५२० मत प्राप्त गर्दा कास्कीका रश्मी आचार्यले ३६७ मत प्राप्त गरे । 

यसअघि गुरुङ निकटका आचार्य यसै निर्वाचनमा खगराज अधिकारी समूहमा प्रवेश गरेका थिए । उपसचिवमा कास्कीका दामबहादुर विकले ४९९ मत पाएर विजयी भए । 

उनका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३९७ मत ल्याए ।उपसचिव महिलातर्फ पर्वतकी मञ्जु अधिकारीले ५३१ मत ल्याएर निर्वाचित हुँदा कास्कीकी मीना गुरुङले ३६५ मत प्राप्त गरिन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्