सर्वोच्चले माग्यो रिगलको कैद मिनाहामा सरकारसँग लिखित जवाफ (आदेशसहित)

बिहीबार, असोज १८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका  रिगल भनिने योगराज ढकाललाई आममाफी दिएकोमा सरकारसँग जवाफ माग गरेको छ। 

सर्वोच्चल्र रिगलको कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ । सर्वोच्चले आममाफीका लागि पेश गरिएका सबै सक्कल कागजात समेत माग गरेको छ।

आज न्यायाधीश मनोजकुमार शर्माको इजलासले आममाफी दिनुको कारणसहित लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएका हुन् । 

२५ गते हुने सुनुवाइमा महान्यायाधीवक्ता दिनमणि पोखरेललाई बहसका लागि उपस्थित हुन पनि सर्वोच्चको आदेशमा उल्लेख छ।

सर्वोच्च अदालतले असोज २४ गते साँझ ५ बजेभित्र जवाफ दिन पनि आदेश दिएको छ । रिगललाई आममाफी दिने राष्ट्रपति पौडेलको निर्णयविरुद्ध चेतनकी पत्नी भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्