एनआरएनए मतदाता भन्छन् -'केन्द्रीय उपाध्यक्षमा नारायण'

बिहीबार, असोज १८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । यही अक्टोबर १७ देखि २० सम्म काठमाडौंमा हुँदै गरेको गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं  महाधिवेशनको माहोल ताँतिदै गएको छ। 

महाधिवेशन नजिकिदै गर्दा धेरैले आ-आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् । उम्मेदवारी घोषणा गर्ने कार्यक्रमले तिब्रता छाइरहेको बेला एनआरएनएका लागी सन् २००६ बाट निश्वार्थ रुपले लागि पर्दै नेदरल्यान्डसमा बसोबास गर्दै आइरहेका एनआरएनए आईसीसी उपाध्यक्ष नारायण प्रसाद आचार्यले एनआरएनएको केन्द्रीय उपाध्यक्ष पदमा उमेदवारी घोषणा गरिसकेका छन् ।

सहयोगी मनका धनी नारायण युरोप लगायत संसारभर उनको आफ्नो कामले निकै चिरपरिचीत छन् ।

राजनीतिक पृष्ठभुमिकै परिवारमा नेपालको बाग्लुङमा जन्मिदै हुर्की बढी नेपालको शंकरदेव क्याम्पसको स्वबियु सभापतिसमेत रहेर  नेदरल्याण्ड्स गएर बिगत लामो समयदेखि सोही देशलाई कर्मथलो बनाउँदै आएका  नारायणलाई  "सहयोगीको पर्यायवाची" शब्दले समेत चिन्ने गरिन्छ। युरोपमा हजारौं नेपालीको सारथी भई निश्वार्थ भावनाले सहयोग गर्दै आएका उनै नारायण यसपटक काठमाडौंमा आयोजना हुन लागेको एनआरएनएको महाधिवेशनमा केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिदैछन् ।

नेदरल्याण्ड्स एनआरएनएका पूर्व अध्यक्षसमेत रहेका नारायण एनआरएनएका कयौं अधुरा कार्य पूरा गर्न उपाध्यक्षमा उम्मेदवारी दिने भएका हुन् । 

यति मात्रै होइन , केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेर देश दौडाहमा रहेका नारायण गैर आवासीय नेपाली संघ र नेपाली जनसम्पर्क समिती नेदरल्याण्ड्सका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । अर्को अर्थमा नारायण युरोपमा प्रवासी नेपालीहरुका एक अभिभावकका रुपमा समेत चिनिन्छन्। 

लोकतन्त्रमा विश्वास राख्ने नेदरल्यान्डसका पूर्व  अध्यक्ष नारायणले एनआरएनएको आगामी ११ औं महाधिवेशनबाट प्रवासी नेपालीका लागि गर्नुपर्ने कयौं महत्त्वपूर्ण  कार्यहरु र सुधारसँगै नयाँ अवधारणा ल्याउन पनि आफ्नो उम्मेदवारी रहेको बताइसकेका छन् ।

एनआरएनएका कयौं मतदानहरु भन्छन् -" कयौं आए तर अबको अधुरा कार्य पूरा गर्न केन्द्रीय  उपाध्यक्षमा नारायण आउनुपर्छ"। अन्य  उपाध्यक्षमा जो आएपनि एउटा उपाध्यक्षमा नारायणलाई ल्याउने रहेको उनीहरु बताउँछन् ।

हो पक्कैपनि त्यति लामो समय प्रवासमा बसेर नेपालीहरुलाई निश्वार्थ भावनाले सहयोग गर्ने त्यस्ता नारायणलाई सबै एनआरएनएका महाधिवेशन प्रतिनिधिहरुले  रोज्न जरुरी छ। एनआरएनएलाई सधै सच्चा मनले सधै उचाईको बाटोमा पुर्याउने नारायणलाई रोजे अवश्य संगठन उभो लाग्ने निश्चित छ।

उनका सम्पूर्ण एजेन्डा केहीदिनमा मिनेटखबरमा प्रस्तुत गर्नेछौं

 

 

 

 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्