ललिता निवास काण्डमा फेरि दुई जना पक्राउ

मंगलबार, असार २६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले ललितानिवास जग्गा प्रकरणमा थप २  जनालाई पक्राउ गरेको छ।

सिआइबीले आज २ जनालाई काठमाडौंबाट पक्राउ गरेको जनाएको छ। सिआईबीले तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्रलाई आज पक्राउ गरेको हो।

ललिता निवास जग्गा प्रकरणमा यी २ सँगै  पक्राउ पर्ने १४ पुगेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्