२६ मिनेटको अन्तरमा बझाङमा दुई शक्तिशाली भूकम्प, दोश्रो भूकम्प ६.३ रेक्टर स्केल

मंगलबार, असोज १६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । बझाङमा २६ मिनेटको फरकमा  लगातार दुई पटक ठूलो भूकम्प गएको छ । आज दिउँसो २६ मिनेटको अन्तरमा दुई ठूला भूकम्पका धक्का महसुस गरिएका हुन् । 

पहिलेको भन्दा दोस्रो पटकको धक्का ठूलो महसुस गरिएको हो । यो भूकम्पले भारतको राजधानी नयाँदिल्ल्लीसमेत हल्लिएको छ । दिउँसो २ः४० बजे बझाङको तलकोट केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

त्यसलगत्तै २६ मिनेटपछि ६.३ रेक्टरको भूकम्प सोही ठाउँमै केन्द्रविन्दु भएर गएको हो । त्यहा धेरै क्षति भएको अनुमान गरिएको छ भने धेरै घरहरु भत्किएका छन् ।

भूकम्पको धक्का सुदूरपश्चिमसँगै कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही भागमासमेत धक्का महसुस गरिएको हाम्रा संवादताताहरुले जनाएका छन् । 

यो भूकम्पको धक्का भारतमासमेत महसुस गरिएको छ । भारतीय केही संचारमाध्यमका अनुसार नेपालमा आएको भूकम्पको धक्का भारतको उत्तरप्रदेशसँगै राजधानी नयाँ दिल्लीमा ४.६ रेक्टर स्केल मापन गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्