बझाङमा ५.३ रेक्टरको भूकम्प, धेरै क्षति भएको अनुमान

मंगलबार, असोज १६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । बझाङमा केन्द्रविन्दु बनाएर गएको ५.३ रेक्टर स्केलको भूकम्पले नेपालसँगै भारतमासमेत हल्लाएको छ ।

आज दिउँसो २ः४० बजे बझाङको तलकोट केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । त्यहा घरहरु भत्केको बताइएको छ। क्षतिको विवरण आउँन बाँकि रहेको प्रहरीले जनाएको छ।

भूकम्पको धक्का सुदूरपश्चिमसँगै कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही भागमासमेत धक्का महसुस गरिएको हाम्रा संवादताताहरुले जनाएका छन् । 

यो भूकम्पको धक्का भारतमासमेत महसुस गरिएको छ । भारतीय केही संचारमाध्यमका अनुसार नेपालमा आएको भूकम्पको धक्का भारतको नयाँ दिल्लीमा ४.६ रेक्टर स्केल मापन गरिएको थियो । 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्