नेपालगन्जमा कर्फ्यु ...

मंगलबार, असोज १६, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । स्थानीय प्रशासनले बाँकेको नेपालगन्जमा कर्फ्यु जारी गरेको छ।

जिल्ला प्रशासनले  नेपालगञ्ज उपमहानगरपालिकाको उत्तरमा राझा , दक्षिणमा जमुनाह, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो र पूर्वमा राप्ती नदी पुलसम्म केहीबेर अघि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो।

सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुता खल्बलिने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले दिउँसो १  बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । 

केही दिन यता नेपालगञ्जमा धार्मिक तनाव बढेको छ । दुई समुदायबीच बढेको तनाबले उग्ररुप लिने अवस्था देखिएपछि कफ्र्यु आदेश जारी गरिएको हो ।  शान्ति र सद्भाव कायम गर्न आह्वान गर्दै आज विहान सद्भाव र्याली निकालिएको थियो । 

मोहम्मद डेको दिन एक जना व्यक्तिले सामाजिक संजालमा इस्लाम धर्मलाई लक्षित गरेर अभिव्यक्ति दिएको भन्दै आइतबार मुस्लिम समुदायले नेपालगञ्जमा टायर बालेर नारावाजी गरेका थिए ।

त्यसको प्रतिवादमा आज हिन्दु धर्ममा आस्था राख्नेहरुले प्रर्दशन छन् ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्