युरोप युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका दीपक न्यौपानेको अपिल!

मंगलबार, असोज १६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन यही अक्टोबर १७ देखि २० सम्म काठमाडौंमा हुँदै छ। 

एनआरएनएक्क निर्वाचनको माहोल नजिकैदै गर्दा उम्मेदवारी दिनेको लर्को लागिरहेको छ। आ-आफ्नो उम्मेदवारी घोषणा गर्ने कार्यक्रमले तिब्रता छाइरहेको बेला बेल्जियमबाट युरोप क्षेत्रीय युवा संयोजकमा दिपक न्यौपानेले उम्मेदवारी दिने भएका छन् ।

बेल्जियम बसाईको सुरुवाती समयबाटनै एनआरएनए अभियानमा लाग्दै युरोपमा बस्दै आएका प्रवासका युवाहरुका पिडा, लक्ष्यका साथै उनीहरूका सफलता र असफलताको बारेमा जानकार न्यौपानेले युवा संयोजकका लागि आफू  सशक्त दाबेदार भन्दै उम्मेदवारीको घोषणा गरेका छन्  ।

सन् २०१५ देखि एनआरएनए अभियानमा लागेर  एनसीसी बेल्जियमको अन्त्वेर्पेन क्षेत्रको क्षेत्रीय सचिव, एनसीसी बेल्जियम सदस्य हुँदै हाल एनआरएएए अन्तर्राष्ट्रिय समन्वय परिषद् यूरोपको युवा उप-संयोजकसमेत रहेका न्यौपानेले युवा संयोजकमा दाबी प्रस्तुत गरेका छन् ।

युवा केन्द्रित व्यवसाय गर्दै युवाहरूलाई साथ सहयोग समेत गर्दै आएका न्यौपानेले युवा संयोजकमा आफ्नो पहिचान अनुरूप नै उम्मेदवारी दिने योजनामा अघि बढेको बताएका छन् ।

उम्मेदवारी घोषणा गरेका न्यौपानेले गरेको अपिलसहित यस्ता छन् उनका एजेन्डा उनकै शब्दमा-(केही परिमार्जित)

मेरो बेल्जियम बसाईको सुरुवाती समयबाट नै सन् २०१५ देखि गैर आवासीय नेपाली संघको अभियानमा एनआरएनए  एनसीसी बेल्जियमको अन्त्वेर्पेन क्षेत्रको   क्षेत्रीय सचिब एनसीसी  बेल्जियम सदस्य ( २०१७ -२०१९ ) एन सी सी बेल्जियम सचिब (२०१९-२०२१)हुँदै  हाल एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् युरोपको युवा उप-संयोजकको रुपमा कार्य गरिरहेको यहाहरुलाई विनम्रतापूर्बक अनुरोध गर्दछु I

विभिन्न संघ संस्थामा रहेर संस्थागत अनुभब बटुल्ने क्रममा नेपाली मिलन केन्द्र यूरोपको निबर्तमान अधक्ष्य  र अन्तर्राष्ट्रिय पर्वत समाजको सदस्यको जिम्मेवारीमा समेत रहेर निरन्तर  रूपमा समाजको लागि केहि योगदान दिनुपर्दछ भनेर इमान्दारीपूर्वक   लागिरहेको छु। यहाहरुले बिगतमा दिनुभएको जिम्मेवारी चाहे त्यो निर्बाचन प्रक्रियामा अत्याधिक मतले होस्  वा निर्बिरोध निर्बाचित हुँदा होस्, एनआरएनए अभियानले मलाई एउटा एउटा जिम्मेवार सामाजिक अभियन्ताको मार्गमा अगाडि बढाएको यस अवसरमा सम्पूर्ण अग्रज अभियन्ताहरुप्रति हार्दिक नमन व्यक्त गर्दछु I 

साथै यस क्रममा प्राप्त अनुभबलाई एनआरएनएको अभियानमा जोड्न क्षेत्रीय बैठकमा उठेका छलफल एबं समस्या समाधानको पहलको लागि आगामी अक्टोबरको ११ औ महाधिबेशनमा युरोप क्षेत्रको युवा संयोजकको रुपमा कार्य गर्न इच्छुक रहेकोले यहाहरु माझ आफ्नो उम्मेदवारी घोषणालाई अनुमोदन गरिदिनु बिनम्र अनुरोध गर्दछु I 

एनआरएनएको मूल मुद्दाहरुमा केन्द्रिय कार्यसमितिसँगको सहकार्यमा एक्यबद्दता व्यक्त गर्दै युरोप क्षेत्र भित्र युवा साथीहरुको लागि कम्तिमा पनि निम्न कार्यहरुको थालनीको प्रतिबद्दता व्यक्त गर्दछु I 

गैर आवासीय नेपाली संघको संस्थागत विकाससँगै यो अभियानलाई मजबुत बनाउनका लागि हामीले समयसँगै रुपान्तरण गर्न जरुरी छ । त्यसका लागि प्रवासमा हुर्किँदै गरेको युवा पुस्ता (जसलाई दोस्रो पुस्ता भनिन्छ) लाई आकर्षित गर्दै यो अभियानमा समाहित गराउन हामीले पहल गर्नुपर्दछ ।

१- युवा बर्ग 

क: अवसर र शिक्षाका लागि आउनेनयुवा बर्ग भनेको तुलनात्मक रुपमा चाँडै परिबर्तनको अपेक्षा राख्ने र त्यो प्राप्तिको लागि कतिपय अवस्थामा समय लाग्ने हुँदा अहिले त्यो पुस्तामा मनोबैज्ञानिक असर पर्ने र विदेशमा बढी अवसर मात्र छ भन्ने सोचले विदेशको सपनामा रमाउने बर्ग विदेश आइसके पछि यहाँको प्राप्ति सोचे अनुसार नहुने हुँदा  धेरै डिप्रेशनकोसमेत शिकार हुनु परेको अवस्थामा योग्यता क्षमता हुँदाहुदै पनि विदेशमा नयाँ जीवनको लागि मनोबैज्ञानिक रुपमा नै तयार हुनुपर्दछ भनि नेपालबाट नै काउन्सिल गर्नुपर्ने र विदेशमा पर्ने सम्भाभित जटिलताको बारेमा सँस्थाले नेपालमानै जानकारी दिदै विदेश आइसकेपछी पनि के-कस्तो छ? भन्ने बारेमा गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्वयन परिषद्ले  समय समयमा बिभिन्न अन्तर्कृया अथवा सम्भब भएसम्म व्यक्तिगत परामर्शको व्यवस्था समेत गर्नेI 

ख: प्रवासमा हुर्किँदै गरेको पुस्ता  

प्रवासमा हुर्किँदै गरेको पुस्तासँग काम गर्ने शैलीदेखि नयाँ सोच र ज्ञान अब्बल रहेको छ । अहिले महत्त्वपूर्ण आबश्यकता भनेको यहा रहेको युवा पुस्तालाई यो अभियानमा सहभागी गराउने हुनुपर्छ । हाम्रो कार्य शैलीबाट यो पुस्ता खासै आकर्षित हुन सकेको छैन् ।  एनआरएनएले गर्ने हरेक गतिविधिको विधि निर्माण एवं संचालनमा युवा पुस्तालाई प्राथमिकताका साथ सहभागी गराउने संरचना निर्माण गर्ने।

२- नेपालमा बस्ने नेपाली युवा र प्रवासमा हुर्किँदै  गरेका युवाबीच अवसर र चुनौती बिषयमा समय सापेक्ष बिभिन्न अन्तर्कृया गर्ने ।

३- युवा पुस्ताको ज्ञान, शिप जोश र जाँगरलाई अनुभबी अग्रजहरुको अनुभबसँग समन्वय गरि एनआरएनएको अभियानलाई अगाडि बढाउने जसको लागि संस्थामा त्यो बर्गको सहज पहुँचको लागि दुबै पुस्ताको सहभागीता रहने गरि  एउटा स्थायी निकाय  बनाउने I 

४- नेपाली कला संस्कृतिको संरक्षणमा नवीन सोच अनुसार युवा पुस्तालाई अगाडि ल्याउने युवा वर्ग आर्थिक रुपमा सबल नभएको अवस्थामा   संघको परिधि भित्र बसेर कार्य गर्न ईच्छा हुँदाहुँदै  पनि आर्थिक शुल्क बुझाउनु पर्ने र नयाँ पुस्ताको लागि मनोनयन दर्ता लगायत शुल्कहरु  एकदम महँगो भएकोले त्यसमा पुनर्विचार गरि नयाँ पुस्ताका लागि प्रोत्साहित गर्ने नीति बनाउन पर्दछ । त्यस्तो सम्भावना बोकेका युवा पुस्तालाई गैर एनआरएनएको अभियानमा आकर्षित गर्नको लागि सम्मान एबं पुरस्कारको समेत व्यवस्था गर्ने I 

५- नेपाली भाषाको संचालन सम्बन्धमा 

राजदुताबाससँगको समन्वयनमा प्रवासमा हुर्कँदै गरेको पुस्तालाई गैर आवासीय नागरिकता प्राप्तिको लागि आवश्यक नेपाली भाषा सिकाई र त्यसको प्रमाणपत्रको एबं व्यक्तिगत घट्नालाई विदेशबाट नै सहज रुपमा दर्ता प्रकृयाको  लागि एनआरएनएले 

विशेष पहल गर्दै एनआरएनएको राष्ट्रिय समन्वय परिषद्को सिफारिसमा सम्बन्धित देशको राजुताबासबाट सहज तरिकाले प्राप्त गर्ने गर्ने  व्यवस्था गर्ने जसले गर्दा सँस्थालाई पनि दिर्घकालिन रुपमा आर्थिक स्रोत जुटाउन सहयोग पुग्छ ।

अन्त्यमा सम्पूर्ण गैर आवासीय नेपाली अग्रज अभियन्ता तथा समकक्षी मित्रहरूमा हार्दिक नमस्कारसहित यहाहरुको सदा जस्तै सहयोग र हौसलाको बिनम्र अनुरोध गर्दै सहित बिशेष अपिल !

 

 

 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्