एसियन गेम्समा हालसम्म्मको यस्तो छ पदक तालिका...

मंगलबार, असोज १६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । चीनमा जारी एसियन गेम्स अन्तर्गत हालसम्म ९९३  पदकको छिनोफानो भइसकेको छ। । आज बिहानसम्ममा ९ सय ९३ पदक विभिन्न राष्ट्रहरूले हात पारेका छन् । जसमध्ये सुबैभन्दा धेरै आयोजक चीनले अग्रता कायमै राखेको छ।

चीनको हाङ्जाउमा भइरहेको खेलको  पछिल्लो पदक तालिका अनुसार आयोजक चीन एकलैले २६९ पदक जितेको छ ।  पछिल्लो पदक तालिका अनुसार चीनले १४६ स्वर्ण ८१ रजत र ४२ कास्य पदकसहित २६९ वटा पदक हात पारेको छ । 

सूचीमा जापानलाई फेरि दोस्रो स्थानमा आएको छ । जापानले ३३ स्वर्ण, ४४ रजत र ४५ वटा कास्य पदक जितेर कुल १२२ पदक पाएको हो ।

पदक तालिकामा एक स्थान खस्किएर दक्षिण कोरिया तोस्रो स्थानमा झरेको छ ।  दक्षिण कोरियाले ३१ स्वर्ण, ३९ रजत र ६३ वटा कास्य पदक जितेको छ । दक्षिण कोरियाले हालसम्म १३३ पदक जितेको छ।  

भारत चौथो स्थानमा छ । १३ स्वर्ण, २४ वटा रजत र २३ वटा कास्य पदक गरि कुल ६० पदक प्राप्त गरेको छ । 

सूचीको पाँचौँ स्थानमा चाइनिज ताइपे आइपुगेको छ ।  चाइनिज ताइपेले १२ स्वर्ण, १० रजत र १७ कास्य गरि कुल ३९ पदक जितेको छ। 

छैटौँ स्थानमा उज्बेकिस्तानले ११ स्वर्ण, १४ रजत र १८ कास्य गरि ४३ पदकमा कब्जा जमाएको छ। 

थाइल्यान्ड सूचीको सातौँमा स्थानमा छ । १० स्वर्ण, ७ रजत र १६ कास्य गरि ३३ पदक हात पारेको छ । 

चाइनिज ताइपे सातौँमा स्थानमा छ । चाइनिज ताइपे ९ स्वर्ण, १० रजत र १४ कास्य गरि कुल ३३ पदक जितेको छ । 

उत्तर कोरिया आठौँ स्थानमा उक्लिएको छ । उत्तर कोरियाले ७ स्वर्ण १० रजत र ५ कास्य गरि कुल २२ पदक हात पारेको छ ।  

हङकङ ६ स्वर्ण, १५ रजत र २३ कास्यसहित पदक तालिकामा नवौँ  स्थानमा रहेको छ ।

दशौ स्थानमा बहराइन छ । बहराइनले ६ स्वर्ण, १ रजत र ४ कास्य हात पारेको छ ।

इरानले ५ स्वर्ण १५ रजत र १५ कास्य पाएको छ। काजकिस्तानले ४ स्वर्ण ७ रजत र २७ कास्य पाएको छ । इन्डोनेसियाले ४ स्वर्ण, ३ रजत र ११ कास्य जितेको छ । सिंगापुरले ३ स्वर्ण, ५ रजत र ४ कास्य जितेको छ । मलेसियाले ३ स्वर्ण, ४ रजत र १४ कास्य जितेको छ । कतारले २ स्वर्ण, ३ रजत र २ कास्य जितेको छ । कुवेतले २ स्वर्ण, ३ रजत र १ कास्य जितेको छ । 

भिएतनाम, साउदी अरब, फिलिपिन्स, संयुक्त अरब इमिरेट्स, ताजकिस्तान,मकाउ चाइना र किर्गिस्तानले एक एक स्वरण हात पारेको छ । 

नेपाल भने हालसम्म पदकविहीन बनेको छ। कबडडीमा भने नेपालले पदक पाउने आशा जिवित नै रहेको छ। अर्को आशा रहेको खेल क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्