मनाङ एयरको हेलिकप्टरलाई प्रहरीले दुर्घटनाग्रस्त अवस्थामा भेटायो

मंगलबार, असार २६, २०८०

काठमाडौं । आज बिहान सोलुखुम्बुबाट काठमाडौं उडेको केहिबेरमै सम्पर्कविहिन बनेको (एनए-एमभी) कलसाइनको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। 

हेलिकप्टर सोलुखुम्बुको लाम्जुरापास क्षेत्रमा नै हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

खोजी कार्यमा गएको प्रहरी टोलीले  अहिलेसम्म ५ वटा शब फेला पारेको छ।  प्रहरीका अनुसार उनीहरुको पहिचान भएको छैन।

हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु सवार रहेकोमा अर्का एक जना अझै फेला नपरेको  प्रहरीले जानकारी दिएको छ।  प्रहरीले उद्दार कार्य गरिरहेको जनाएको छ।

 

 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्