यसकारण प्रकाश भण्डारीको युरोप युवा संयोजकमा उम्मेदवारी.....

सोमबार, असोज १५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । यही अक्टोबर १७ देखि २० तारिख सम्म काठमाडौंमा हुँदै गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) निर्वाचनका लागि सरगर्मी बढिरहेको छ। निर्वाचनका लागि आ-आफ्नो उम्मेदवारी घोषणा गर्ने कार्यक्रमले तिब्रता छाइरहेको बेला माल्टाबाट युरोप क्षेत्रीय युवा संयोजकमा प्रकाश भण्डारीले उम्मेदवारी दिने भएका छन् ।

लामो समयदेखि युरोपमा बस्दै आएर  प्रवासका युवाहरुका पिडा, लक्ष्यका साथै उनीहरूका सफलता र असफलताको बारेमा जानकार भण्डारी  युवा संयोजकका लागि सशक्त उम्मेदवार मानिएका छन्  ।

लामो समयदेखि युरोपको माल्टामा बस्दै आएका भण्डारीले युवा केन्द्रित व्यापार ब्याबसाय गर्दै युवाहरूलाई साथ्र सहयोग समेत गर्दै आएका उनले आफ्नो पहिचान अनुरूप नै उम्मेदवारी दिने योजनामा अघि बढेको बताएका छन् ।

विदेशमा रहेका नेपाली युवाहरूको दुखसुखमा साथ दिदै उनीहरूको सफल जीवन अनि यात्राका लागि केही गर्नु नै आफ्नो लक्ष्य रहेको भण्डारीले भने । विदेशमा नेपालीहरूलाई जुटाउने र उनीहरूको हक हितका लागि आवाज उठाउने कार्यमा भण्डारी सधैँ अगाडि रहँदै आएका छन् ।

माल्टामा भण्डारीले एनआरएनएको स्थापना गर्न खेलेको भूमिका  अति महत्त्वपूर्ण र निकै सह्रानीय रहेको त्यहा बसोबास गर्ने नेपालीहरु बताउँछन । माल्टा एनआरएनएका  उपाध्यक्षसमेत  रहिसकेका भण्डारीले   त्यहाको माल्टा सरकार समक्ष नेपाल र नेपालीलाई चिनाउने महत्त्वपूर्ण कार्य गर्दै आइरहेका छन् । भण्डारी  हाल नेपाल माल्टा च्यारिटी एसोसिएसनको अध्यक्ष समेत हुन् ।

विगत ९ वर्षदेखि माल्टालाई कर्मथलो बनाउदै आएका  भण्डारीले संघको साधारण सदस्यदेखि एनआरएनए माल्टाको उपाध्यक्षसमेत भएर केन्द्रीय नेतृत्वसँग सहकार्य गरेर काम गरिसकेका छन् । उनले सबै अभियन्तालाई मिलाएर एकीकृत एनआरएनए बनाउनुपर्ने जनाउँदै युवाहरूलाई यस अभियानमा जोड्ने बताएका छन् ।

विश्वमा सबैभन्दा ठुलो नेपाली सञ्जालमा फैलिएको एनआरएनएलाई संस्थागत विकास र संस्थाको मर्म र भावनाअनुरूप व्यक्तित्व विकाससमेत आवश्यक रहेको संयोजकका उम्मेदवार भण्डारीले बताए।

साथै भण्डारीले विदेशमा हुर्किरहेका दोस्रो पुस्तालाई नेपालको पुस्तासँग जोडेर नेपाल र नेपालीको बृहत्तर विकास नै आफ्नो चुनावी एजेन्डा र लक्ष्य रहेको बताएका छन् ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्