बैंक राष्ट्रिय निकुञ्जमा आजदेखि लागू भयो टाइम कार्ड

सोमबार, असोज १५, २०८०
Neuro hospital Nepalgunj

बाँके। बाँके राष्ट्रिय निकुञ्जमा आजदेखि टाइम कार्ड लागू भएको छ। जिल्लाको पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा चल्ने यातायातका साधनहरूमा आजदेखि टाइम कार्ड लागू गरिएको राष्ट्रिय निकुञ्जले जनाएको छ । 

पूर्व–पश्चिम राजमार्गमा दुर्घटना बढेपछि आजदेखि  टाइम कार्ड लागू गरिएको हो । बाँकेको ओभरीदेखि खैरीखोलासम्म करिब १५ किलोमिटर क्षेत्रमा लागू हुने टाइम कार्ड अनुसार उक्त दुरी २८ मिनेटमा पार गर्नुपर्नेछ ।

त्यस्तै यस अघि निकुञ्जमा हुने सवारी दुर्घटना रोक्न लागू गरिएको सवारी साधन बिग्रिएर सडकमा राख्नुपर्ने अवस्थामा अनिवार्यरूपमा सवारी साधनको ५० मिटर अगाडि र ५० मिटर पछाडि रिफ्लेक्टर ट्याङ्गल राख्ने, निकुञ्जभित्र बिग्रेको सवारी साधन मर्मतको लागि एक घण्टा भन्दा बढी समय लाग्ने भएमा सम्बन्धित सवारी धनी र व्यवसायी पक्षले खर्च व्यहोर्ने गरी सुरक्षा निकायले सवारीलाई निकुञ्ज भन्दा बाहिर ल्याएर राख्नुपर्ने निकुञ्जले जनाएको छ।

यसैगरी  निकुञ्ज क्षेत्रमा फोहोर नगर्ने निर्णयलाई पनि आजैदेखि कडाईका साथ लागू गरिएको निकुञ्जले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्