दाङमा एक जना डेंगु संक्रमितको मृत्यु

सोमबार, असोज १५, २०८०

दाङ । दाङमा डेंगु संक्रमित एक जनाको मृत्यु भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त डाइरेक्टर डा.रमेश कँडेलले रोल्पास्थित माडी गाउँपालिका वडा नम्बर २ निवासी ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको जानकारी दिए ।

आइतबार उपचारका लागि प्रतिष्ठानमा भर्ना भएका डाँगीको आज विहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्