एसियन गेम्स: क्रिकेटको क्वाटरफाइनलमा नेपाल र भारत भिड्दै

सोमबार, असोज १५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल एसियन गेम्स अन्तर्गतको पुरुष टी-२० क्रिकेटमा क्वार्टरफाइनलमा भारतविरुद्द खेल्ने भएको छ ।

एसिया कपमा कडा चुनौती दिएको नेपालले फेरि एक पटक भारतसँग एसियन गेम्सको क्वाटरफाइनल खेल्न लागेको हो। आज बिहान गरिएको 'ड्र' अनुसार  नेपालले भारतलाई क्वाटरफाइनलमा प्रतिद्वन्द्वी पाएको हो ।

भारतसँग पहिलो पटक एसियन गेम्समा टी-२० खेल्न लागेको नेपालले यसपटक पनि कडा चुनौती दिने विश्वास गरिएको छ । लगातार खेल जित्दै फर्ममा रहेको नेपालले आईपीएल खेलिसकेका भारतका ४ खेलाडी सम्मिलित खेलाडीहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

भोलि बिहान चिनियाँ समयअनुसार ९ बजे नेपाल र भारतबीच क्वाटरफाइनल खेल हुनेछ। त्यस्तै श्रीलंका र अफगानिस्तान, पाकिस्तान र हङकङबीच अरु क्वाटरफाइनल खेल हुनेछन्।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्