एक पुरुषको शव फेला

सोमबार, असोज १५, २०८०

बनेपा। काभ्रेमा एक व्यक्तिको शव फेला परेको छ। जिल्लाको बनेपा नगरपालिका-१ स्थित कलमसीस्थित प्लटिङ गरेको जग्गामा सिन्धुलीका एक पुरुषको शव फेला परेको काभ्रे प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार फेला परेको शव सिन्धुलीस्थित मरिण गाउँपालिका- ५ घर भई हाल कलमसी बस्दै आएका ५५ वर्षीय दुद्ध लाल घिसिङको रहेको छ।

शवलाई पोस्टमार्टमका लागि जिल्लास्थित धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्