एसियायी खेलकुद: हालसम्म कुन देशले कति पदक ल्याए?

सोमबार, असोज १५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । चीनमा जारी एसियाली खेलकुद अन्तर्गत अन्तर्गत हालसम्म ८९९ पदकको छिनोफानो हुँदा आयोजक चीनको अग्रता कायमै रहेको छ।

चीनको हाङ्जाउमा भइरहेको खेलको  पछिल्लो पदक तालिका अनुसार आयोजक चीन एकलैले २४३ पदक जितेको छ । हालसम्म  चीनले १३३ स्वर्ण ७२ रजत र ३९ कास्य पदकसहित २४३ वटा पदक हात पारेको छ । 

जापानलाई उछिन्दै दक्षिण कोरिया फेरि दोस्रो स्थानमा आएको छ । दक्षिण कोरियाले ३० स्वर्ण, ३५ रजत र ६० वटा कास्य पदक जितेको छ । दक्षिण कोरियाले हालसम्म १२५ पदक जितेको छ।  

पदक तालिकामा एक स्थान खस्किएर जापान तोस्रो स्थानमा झरेको छ । जापानले २९ स्वर्ण, ४१ रजत र ४२ वटा कास्य पदक जितेर कुल १११२ पदक पाएको हो ।

अर्को छिमेकी मुलुक भारत लगातार ९ दिनमा १३ स्वर्ण पदक जितेको छ । भारतले २१ वटा रजत र १९ वटा कास्य पदक गरि कुल ५३ पदक प्राप्त गरेर चौथो स्थानमा छ । 

पाँचौँ स्थानमा उज्बेकिस्तान छ । उज्बेकिस्तानले ११ स्वर्ण, १२ रजत र १७ कास्य गरि ४० पदकमा कब्जा जमाएको छ । 

थाइल्यान्ड सूचीको छैटौँ स्थानमा छ । १० स्वर्ण, ६ रजत र १४ कास्य गरि ३० पदकसहित छैटौँ स्थानमा छ ।  चाइनिज ताइपे सातौँमा स्थानमा छ । चाइनिज ताइपे ९ स्वर्ण, १० रजत र १४ कास्य गरि कुल ३३ पदक जितेको छ । 

हङकङ ६ स्वर्ण, १५ रजत र २० कास्यसहित पदक तालिकामा आठौँ स्थानमा रहेको छ । हङकङले कुल ४१ पदक जितेको छ ।

एक स्थान उक्लँदै उत्तर कोरिया नवौँ स्थानमा उक्लेको छ । उत्तर कोरियाले ५ स्वर्ण ९ रजत र ५ कास्य गरि कुल १९ पदक हात पारेको छ ।  

दसौँ स्थानमा इन्डोनेसिया छ । इन्डोनेसियाले ४ स्वर्ण, ३ रजत र ११ कास्य जितेको छ । बहराइनले ४ स्वर्ण, १ रजत र ३ कास्य हात पारेको छ । इरानले ३ स्वर्ण १२ रजत र १२ कास्य पाएको छ । त्यस्तै  काजकिस्तानले ३ स्वर्ण ५ रजत र २३ कास्य पाएको छ । मलेसियाले ३ स्वर्ण, ४ रजत र १३ कास्य जितेको छ । सिंगापुरले २ स्वर्ण, ५ रजत र ४ कास्य जितेको छ । कतारले २ स्वर्ण, ३ रजत र २ कास्य जितेको छ ।

एक-एक स्वर्ण जित्ने मुलुकमा भेतनाम, कुवेत, फिलिपिन्स, संयुक्त अरब इमिरेट्स, मकाउ चाइना, ताजकिस्तान, साउदी अरब र किर्गिस्तान रहेका छन् ।

नेपाल भने हालसम्म पदकविहीन बनेको छ। नेपाल पदक ल्याउने आशा गरिएका सबै खेलमा पराजित हुँदै आएको छ।

नेपालले महिला कबबडीमा आज भएको खेलमा बंगलादेशलाई पराजित गरेपछि पदक ल्याउने सम्भावना कायमै रहेको छ भने पुरुष टी-२० क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ।

 

 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्