यी प्रदेशमा भारी वर्षा...

सोमबार, असोज १५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले  अबको ३ दिन ५ प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सोमबारदेखि बुधबारसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ ।  

हाल देशभर सामान्य बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज कोशी, मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश बाहेकका प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

भोलि मङ्गलवार सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

बुधबार कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागले भारी वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०८:१८
प्रतिक्रिया दिनुहोस्