पक्राउ परेका अभिनेता अनमोल केसीलाई भोलि फेरि अदालत लगिने

आइतबार, असोज १४, २०८०

काठमाडौं । आपराधिक विश्वासघात गरेको कसुरमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । 

गत शुक्रवार आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको थियो । 

पक्राउ गरेको दिनबाट आइतबार सम्म मात्र थुनामा राख्न अदालतले अनुमति दिएको हो । 

अनमोललाई पुनः सोमवार अदालतमा उपस्थित गराउनुपर्छ । रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीबिरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए। 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  २०:०६
प्रतिक्रिया दिनुहोस्