धौलीगङ्गाको बाध खुल्दा महाकालीमा पानीको सतह बढ्यो, भारततर्फको एक घर बगायो

मंगलबार, असार २६, २०८०

बैतडी । भारतको उत्तरखण्डस्थित धार्चुलामा रहेको धौलीगङ्गा जलविद्युत् आयोजनाको  बाँध खोल्दा महाकाली नदीमा पानीको सतह बढेको छ ।

आज बिहान ५ बजेदेखि खोलिएको बाधका कारण जलसतह बढ्न गइई नदीले कटान सुरु गरेको छ । अहिले महाकाली नदीले दार्चुला सदरमुकामस्थितको बङ्गाबगर पारी भारततर्फ कटान गर्दा एक घर बगाएको छ । त्यस क्षेत्रमा नदीले जमिन कटान गरिरहेको छ ।

नदीमा पानीको सतह निक्कै बढेको तथा बाँध आज राती ८ बजेसम्म खोलिने हुँदा तटीय क्षेत्रका बासिन्दालाई नदी छेउछाउ नजान र सतर्कता अपनाउन दार्चुला प्रशासनले अनुरोध गरेको छ ।

एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेशन धारचुलाले दार्चुला प्रशासनलाई असार २४ गते बाँध खोलिने जानकारी पत्र पठाएको थियो ।

सोही आधारमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदी किनारमा नजान र सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्