दोलखाको लामाबगरबाट चार किलो सुन बरामद

आइतबार, असोज १४, २०८०
Neuro hospital Nepalgunj

दोलखा । दोलखाको चाइना बोर्डर नजिकबाट फेरि ४ किलो सुन बरामद भएको छ।  

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जिल्लाको बिगु गाउँपालिका- १ लामाबगरबाट आज  ४ केजी सुन बरामद गरेको हो।

यसअघि पनि गत बुधबार र शुक्रबार दोलखाबाट ७ सात किलो सुन बरामद गरेको थियो।

प्रहरीले यसअघि दोलखाबाट बरामद गरेको सुनदहित  पक्राउ परेकाहरूको  अनुसन्धान गर्दा आज थप ३ किलो सुन बरामद गरेको  जनाएको छ। प्रहरीले यस बारेमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्