केएमसीका डाक्टरमाथि कुटपिट, आन्दोलन गर्दै चिकित्सकहरु..

आइतबार, असोज १४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । काठमाडौंमा अस्पताल भित्रै एक जना चिकित्सक कुटिएका छन् ।

काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा डा. मनिष खड्कामाथि कुटपिट भएको छ। आज दिउँसो १ बजे ओपिडीमा आएका एक बिरामीका आफन्तले डा. खड्कामाथि कुटपिट गरेपछि त्यहाँ कार्यरत सम्पूर्ण चिकित्सकहरू अस्पतालको सेवा बन्द गरी आन्दोलनमा उत्रिएका छन् ।

प्रहरीले चिकित्सकहरुलाई सडकमा आउन नदिएपछि अस्पताल परिसरमै चिकित्सकहरुले नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्। डा. खड्काले ती पुरुषलाई लाइनमा बस्न भनेपछि   डा.खड्कामाथि कुटपिट गरेका हुन्।

अहिले त्यस वरपर र भक्तपुरका अन्य अस्पतालका डाक्टरहरू पनि त्यहाँ पुगेर नाराबाजी गरेका छन्।

चिकित्सकहरूले चक्रपथ बन्द गर्न जान लागेपछि अहिले केएमसीमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरिरहेको छ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्