उत्साह, एकता र रूपान्तरणका लागि शेखर-गगनले सम्बोधन गर्दै

आइतबार, असोज १४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । डा. शेखर कोइराला र महामन्त्री गगन थापाले नेपाली कांग्रेस पार्टीभित्र उत्साह, एकता र रूपान्तरणका लागी सम्बोधन गर्ने भएका छन् ।

पार्टीभित्र रूपान्तरण चाहनेहरूले आज १४औँ महाधिवेशनको म्यान्डेट र पार्टी रूपान्तरणको जल्दा बल्दा सवालबारे धारणा राख्ने भएका हुन्।कार्यक्रममा महामन्त्री थापा, नेता कोइरालासहित उपसभापति धनराज गुरुङ, नेता अर्जुननरसिंह केसी, बलबहादुर केसी र प्रदीप पौडेलले सम्बोधन गर्ने छन् । 

उत्साह, एकता र रूपान्तरण विषयक विचार गोष्ठी राष्ट्रिय सभा गृहमा १:३० बजेबाट शुरु हुदैछ । 

आज हुने कार्यक्रम पार्टी भित्रको कुनै गुटगत कार्यक्रम होइन । गुटको भन्दा पनि पार्टी रूपान्तरण गर्न चाहने सबै खाले व्यक्तिहरूको कार्यक्रम भएको नेपाली कांग्रेस एक केन्द्रीय सदस्यले बताए । 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्