लुक्लाबाट काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहिन

मंगलबार, असार २६, २०८०

काठमाडौं । सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ।

पाइलटसहित ६ यात्रु लिएर काठमाडौं आउँदै गरेको मनाङ एयरको  हेलिकप्टर सम्पर्कविहिन भएपछि खोजी कार्य जारी गरेको नेपाल नागरिक उडडयन प्राधिकरणले जनाएको छ।

सम्पर्कविहिन भएको  ९एनए-एमभी कलसाइन भएको उक्त हेलिकप्टर  १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको बताइएको छ। 

सम्पर्कविहिन भएको हेलिकप्टरको खोजी कार्य जारी रहेको प्राधिकरणले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्