होस्टेल र दुर्घटनामा दुई बालकको मृत्युपछि सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त

शनिबार, असोज १३, २०८०

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा बालकको मृत्युलाई लिएर आन्दोलन चर्किएको छ।

वीरेन्द्रनगर- ३ मा मोटरसाइकलको ठक्करबाट घाइते भएर उपचारका क्रममा टुकदर्शन गिरीको उपचारका क्रममा आज बिहान मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त बनेको छ।

दैलेखको आठबीस नगरपालिकाका ५ वर्षीय  गिरीको मृत्यु भएपछि आफन्त र स्थानीय बासिन्दाले वीरेन्द्रनगरको मंगलगढी चोकमा प्रर्दशन गरिरहेका छन् ।  आफन्तहरुले वीरेन्द्रनगरको जुम्ला रोडको चारलेन सडक बिहानैदेखि अवरुद्ध गरेका छन् ।

त्यस्तै वीरेन्द्रनगरको उषा बालवाटिका स्कुलको होस्टेलमा  बस्ने  दैलेख चामुण्डा विन्द्रासैनी नगरपालिका-२ का  कक्षा २ मा पढ्ने ८  वर्षीया बालक  सलाम पुलामी शुक्रबार साँझ झुन्डिएको अवस्थामा  मृत फेला परेपछि आफन्तहरुले तोडफोड गर्दै शव उठाउन दिएका छैनन्।

मृतक बालकका आफन्तहरु आक्रोशित बनेर तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन  प्रहरीले अश्रु ग्याँससमेत प्रहार गरेको छ। आफन्त र स्थानीयहरुले होस्टेल आसपास क्षेत्रलाई तनावग्रस्त पारेका छन्  । त्यस क्षेत्र तनावग्रस्त बनेको छ।

आफन्त र स्थानीयहरुको आन्दोलनले अझै कडा रुप लिदा थप  सुरक्षाकर्मी परिचालन गरिएको छ।

 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्