प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए

शनिबार, असोज १३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । अमेरिकासहित चीन भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड आज बिहान स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री प्रचण्ड बिहान चीन भ्रमण सकेर आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । 

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकको न्युयोर्क पुगेका उनी उतैबाट असोज ६ गते चीन पुगेका थिए।

प्रधानमन्त्री  प्रचण्ड आज चीनको छेन्दुबाट काठमाडौं नेपाल फर्किएका  हुन् । प्रधानमन्त्रीले  चिनियाँ राष्ट्रपति सी जिनफिङ , समकक्षी ली छ्याङसँग चीन भ्रमणका क्रममा  भेटवार्ता गरेका थिए ।

आज बिहान त्रिभुवन विमानस्थल अवतरण भएका प्रधानमन्त्रीलाई  मन्त्री तथा उच्च पदस्थ कर्मचारीहरूले स्वागत गरेका थिए।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्