एसियायी खेलकुद: हालसम्म ७१२ पदकको छिनोफानो हुँदा नेपाल शुन्यमा

शनिबार, असोज १३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । चीनमा जारी एसियाली खेलकुद अन्तर्गत हालसम्म  ७१२ पदकको छिनोफानो भइसकेको छ । प्रतियोगितामा आज बिहानसम्ममा ७ सय १२ पदकको छिनोफानो भइसकेको हो ।

जसमा आयोजक चीनले मात्रै २०० पदक जितेको छ।  पछिल्लो पदक तालिकाअनुसार चीनले १०५ स्वर्ण ६३ रजत र ३२ कास्य पदकसहित २०० वटा पदक हात पारेको छ । चीन सुरुदेखि नै एसियाली खेलकुदमा पहिलो स्थानमा रहेको छ । 

पदक तालिकामा दोस्रो स्थानमा जापान आइपुगेको छ । यसअघि जापान तेस्रो स्थानमा रहेको थियो । जापानले २७ स्वर्ण, ३५ रजत र ३७ वटा कास्य पदक जितेर कुल ९९ पदक पाएको छ ।

खेल सुरु देखि नै दक्षिण कोरिया दोस्रो स्थानमा रहँदै आए पनि जापानले उछिनेको हो  । 

तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले २६ स्वर्ण, २८ रजत र ४८ वटा कास्य पदक जितेको छ । दक्षिण कोरियाले हालसम्म १०२ पदक जितेको छ।  

त्यस्तै लगातार स्वर्ण जित्दै छिमेकी मुलुक भारत चौथो स्थानमा उक्लिएको छ । भारती खेलाडीको कडा मेहनतको प्रतिफल स्वरूप भारत एसियाली खेलकुदमा ८ वटा स्वर्ण जितेको छ ।भारतले १२ वटा रजत र १३ वटा कास्य पदक प्राप्त गरेर चौथो स्थान आएको छ । शुक्रबार भारत पाँचौँ स्थानमा थियो । 

एक स्थान माथि उक्सँदै थाइल्यान्ड पनि पाँचौँ स्थानमा आइपुगेको छ । उज्बेकिस्तानपछि पार्दै थाइल्यान्ड पाँचौँ स्थानमा आइपुगेको हो ।८ स्वर्ण, ३ रजत र ९ कास्य गरि २० पदकसहित पदक तालिकामा पाँचौँ स्थानमा रहेको छ । 

एक स्थान खस्कँदै उज्बेकिस्तान सूचीको छैटौँ स्थानमा छ । उज्बेकिस्तानले ७ स्वर्ण, १० रजत र १५ कास्य गरि ३२ पदक हात पारेको छ । हङकङ ५ स्वर्ण, १३ रजत र १८ कास्यसहित पदक तालिकामा सातौँ स्थानमा रहेको छ । हङकङले कुल ३६ पदक जितेको छ ।

चाइनिज ताइपे ५ स्वर्ण, ६ रजत र ९ कास्यका आठौँ स्थानमा आइपुगेको हो । अहिलेसम्ममा चाइनिज ताइपेले २० पदक हात पारेको छ । 

२३ पदकसहित इरान नवौँ स्थानमा छ । इरानले ३ स्वर्ण १० रजत र १० कास्य पाएको छ । १३ पदक जितेर सूचीको दशौँ स्थानमा उत्तर कोरिया छ । उत्तर कोरियाले शुक्रबार सम्ममा ३ स्वर्ण ६ रजत र ४ कास्य हात पारेको छ । 

यसपछि सूचीमा क्रमशः किर्गिस्तानले ३ स्वर्ण, ४ रजत र १९ कास्य जितेको छ । इन्डोनेसियाले ३ स्वर्ण, ३ रजत र १० कास्य जितेको छ । सिंगापुरले २ स्वर्ण, ४ रजत र ४ कास्य हात पारेको छ । मलेसियाले २ स्वर्ण, ३ रजत र ८ कास्य जितेको छ । 

भियतनाम, संयुक्त अरब इमिरेट्स, मकाउ चाइना, कतार, कुवेत, ताजकिस्तान, किर्गिस्तानले एक(एक स्वर्ण पदक पाएका छन् । नेपाल भने अहिलेसम्म पदविहीन बनेको छ । नेपालको पब्जी टोली सेमिफाइनलमा बाहिरिएको छ। 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्