सल्यानमा जिप दुर्घटना, २ महिलाको मृत्यु, १४ जना घाइते

शनिबार, असोज १३, २०८०
Neuro hospital Nepalgunj

दाङ । केहीदिनको अन्तरालमै फेरी सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा  १४ जना घाइते भएका छन ।

शुक्रबार साँझ सल्यानको छत्रेश्वरी गाउँपालिका-५ लेखपोखराबाट शारदा नगरपालिका-१२ कागखोला तर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जीप दुर्घटना भएर जीप सडकदेखि झन्डै ६० मिटर तल खसेकोे सल्यान प्रहरीले जनाएको छ।

सल्यान प्रहरीका अनुसार मृत्यु हुनेमा शारदा नगरपालिका-१५ माल्नेटाकी ४५ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका–१२ की ७६ वर्षीया धुर्बी बोहरा हुन् ।

शुक्रबार साँझ मेला हेरेर फर्किदै गर्दा दुर्घटनामा परेर गम्भीर घाइते भएका सेजवाल र बोहराको अस्पताल लैजाँदै क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनाका घाइतेहरु मध्ये एक जनालाई सुर्खेत पठाइएको र अन्य १३ जनाको सल्यानमै उपचार भइरहेको सल्यान प्रहरीले जानकारी दिएको छ। केहीदिन अघि मात्र सल्यानमा जिप दुर्घटना हुँदा बाबु-छोराको ज्यान गएको थियो।

 

 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्