आजदेखि सोह्र श्राद्ध

शनिबार, असोज १३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आजबाट सोह्र श्राद्ध शुरु भएको छ। आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

यस अवधिमा पितृ पक्षमा श्राध्द गर्ने श्राध्द कर्ताले पितृपक्षभर सात्विक भोजन गरी ब्रह्मचर्यमा रहनु पर्दछ ।

यस अवधिभर कुनै देवस्थलमा जानु पनि निषेध गरिएको छ । श्राध्दको अघिल्लो दिन कपाल खौरी हात गोडाका नङ काटी एकछाक खानु पर्दछ ।

 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०८:५८
प्रतिक्रिया दिनुहोस्