सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
ललितपुर । काठमाडौंको जडिबुटीमा अरनिको यातायातले बनाएको बसपार्क नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन आदेश दिएको छ।
आज न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको हो।
यस्तै, आदेशमा आगामी पेशी २१ गतेलाई तोकिएको छ। दुवै पक्ष राखेर छलफल गरेपश्चात् मात्र अन्तरिम दिने वा नदिने भएकोले १४ असोजमा छलफलको लागि अदालतले पेशी तोकिदिएको छ।