मालपोत कार्यालयका सुब्बा र खरिदार घुससहित पक्राउ

शुक्रबार, असोज १२, २०८०
Neuro hospital Nepalgunj

सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भुमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा र खरिदारलाई रंगेहात घुससहित पक्राउ गरेको छ।

अख्तियारले सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी घुससहित पक्राउ गरेको जनाएको छ।

अख्तियार इटहरीबाट गएको टोलीले उनीहरुलाई १ लाख ५० हजार रुपैयाँ घुस लिएकै बेला रंगेहात पक्राउ गरेको  जनाएको छ । जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग उनीहरुले घुस लिदै गएको अवस्थामा  इनरुवा नगरपालिका- ३ मालपोत चोकबाट  उनीहरुलाई अख्तियारले प्रक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुसँग थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्