मुख्यमन्त्रीको घरमा आक्रमणको प्रयास

शुक्रबार, असोज १२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । भारतको मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेन सिंहकोको घरमा आक्रमणको प्रयास भएको छ । 

मुख्यमन्त्री  सिंहको निजी घरमा आक्रमण गर्न प्रदर्शनकारीको समूह घर अगाडि पुगेको हो ।मणिपुरमा चार दिनदेखि बेपत्ता दुई विद्यार्थीको हत्याको विरोधमा प्रदर्शन भइरहेको छ । 

बिहीबार आक्रोशित भीड मुख्यमन्त्री सिंहको निजी घरमा आक्रमण गर्न इम्फाल पुगेका थिए।

तर, प्रहरीले उनीहरूलाई घरभन्दा करिब ५०० मिटर अगाडि रोकेको छ । 

अश्रुग्याँस प्रहार गरी उनीहरूलाई भगाएको छ। अहिले मुख्यमन्त्रीको घरको सुरक्षा बढाइएको छ।

 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्