पहाडी भूभागमा वर्षाको सम्भावना

शुक्रबार, असोज १२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।जल तथा मौसम विज्ञान विभागले आज देशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ। 

हाल देशको पहाडी भू-भागमा बाहेक अन्य स्थानमा सामान्यतया मौसम सफा रहेको विभागले जनाएको छ । 

आज  देशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । 

कोशी र मधेस प्रदेशसहित देशका पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०९:५८
प्रतिक्रिया दिनुहोस्