नारायणीमा नुहाउन गएका दुई युवक बेपत्ता

बिहीबार, असोज ११, २०८०
Neuro hospital Nepalgunj

चितवन । नारायणी नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन।  आज बिहान ७ बजे  देवघाटमा आएर नारायणीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएको चितवन प्रहरीले जानकारी दिएको छ।

चितवन प्रहरीका अनुसार बेपत्ता हुनेमा भारतको आसामका १९ वर्षे भोजराज अधिकारी र धनगढी-३ मिलन चोक बस्ने वर्ष १७ को पंकज दाहाल रहेका छन् । 

आसामका अधिकारी हाल धनगढीस्थित लक्ष्मिनारायण मन्दिरमा संस्कृत विषय अध्ययनरत छन् भने दाहाल पनि सोही विषयमा अध्यनरत रहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरु धनगढी उपमहानगरपालिका र लक्ष्मी नारायण मन्दिरको संयुक्त आयोजनामा देवघाट आएका थिए । 

उनीहरुको खोजीकार्यमा सशस्त्र प्रहरीको उद्दार टोली, अस्थायी प्रहरी पोष्ट देवघाट र वडा प्रहरी कार्यालय नारायणगढबाको टोली खटिएको छ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्