आज मोहम्मद डे, बाँकेको नरैनापुरमा सार्वजनिक बिदा

बिहीबार, असोज ११, २०८०
Neuro hospital Nepalgunj

बिहीबार, असोज ११, २०८०

नरैनापुर(बाँके )। आज  मुस्लिम धर्मावलम्बीहरुको महत्त्वपूर्ण पर्व मोहम्मद डे ।

अर्थात  इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहमद सल्लल्लाहु बसल्लमको जन्मदिन। आज मुस्लिम धर्मावलम्बीलेहरुले यस पर्व मोहम्मद डे लाई धुमधामका साथ मनाउँदैछन् ।

यस पर्वमा बाँकेको नरैनापुर गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। 

गाउँपालिकाले यस पर्वको अवसरमा सार्वजनिक बिदा दिदै नरैनापुरवासीलाई शान्ति र अहिंसाको बाटोमा लान पैगम्बर हजरत मोहमद सल्लल्लाहु बसल्लमको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भन्दै शुभकामना दिएको छ।

 

त्यस्तै गाउँपालिका अध्यक्ष इस्त्तियाक अहमद शाहले पनि यस पर्वका अवसरमा शुभकामना दिएका छन् ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले इस्लाम धर्मावलम्बीको पर्व मोहम्मद डे ले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

दिवसका अवसरमा शुभकामना सन्देश  दिदै अध्यक्ष शाहले मोहम्मद पर्वले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना पनि दिएका छन् ।

अध्यक्ष शाहले मोहम्मद दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका हुन्  ।

 

 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्