चाइना बोर्डर नजिकै दोलखाको सिँगटीबाट ४ किलो सुनसहित ३ जना पक्राउ

बिहीबार, असोज ११, २०८०
Neuro hospital Nepalgunj

चरिकोट । प्रहरीले दोलखाबाट ४ किलो सुन बरामद गरेको छ।

गए राति जिल्ला प्रहरी कार्यालय दोलखा र इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले चाइना बोर्डर नजिक रहेको सिँगटीबाट ४ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार सुनसहित पक्राउ पर्ने ३ जना  दोलखास्थित बिगु गाउँपालिका-१ लामाबगरकै रहेको बताइएको छ।

सिँगटीले सुन जस्तो देखिने ४ किलो तौल भएको पहेलो घातुका बिस्कुट बरामद गरेको र त्यसको अनुसन्धान गर्नका लागी धातु परीक्षणको क्रममा रहेको प्रहरीले जानकारी दिएको छ।

उक्त सुन तिब्बत र दोलखाको सिमाना फलेक हुँदै सो सुन सिंगटीमा ल्याएको अनुसन्धानबाट थाहा भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १०:१८
प्रतिक्रिया दिनुहोस्