प्रधानमन्त्री प्रचण्ड मानसरोवर जाँदै

बिहीबार, असोज ११, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै छन् ।

चीनको औपचारिक भ्रमणमा रहेका उनी बुधबार तिब्बतको ल्हासा पुगेका थिए । 

प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन्  र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । 

कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि छन् । 

 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०९:१५
प्रतिक्रिया दिनुहोस्